काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । सो जहाज त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको छ । सो जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।
जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका थिए । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए । त्यसलगत्तै जहाजलाई काठमाडौं फर्काइएको थियो ।
यो जहाज अवतरणका लागि अन्य उडान रोकिएको थियो । दमकल, एम्बुलेन्स लगायत आकस्मिक सेवा तयारी अवस्थामा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलमा कुकुर दौडिएपछि श्री एयरको जहाज ‘ओभर सुट’
श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने
श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं-भरतपुर उडान गर्ने
सुर्खेत उडेको केही मिनेटमै श्री एयरलाइन्सको जहाजमा समस्या, आकस्मिक अवतरण
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि...
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ