काठमाडौं। पलेशा गोवर्धनले पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत पारा एथलेट सम्मान अवार्ड प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवन कमलादीमा भइरहेको अवार्ड अन्तर्गत पलेशाला२ पारा एथलेट सम्मान प्रदान गरिएको हो ।
वर्ष २०७८ मा गरेको प्रदर्शनका आधारमा पलेशालाई उक्त अवार्ड प्रदान गरिएको हो । जापानमा भएको पारा ओलम्पिकमा दुई बाउट जित्दै पलेशा पदक नजिक पुगेकी थिइन् । तर त्यहाँ उनी झन्डै झन्डै पदकको नजिक पुगिसकेकी थिइन्। तर ९ सेकेन्ड खेल सम्हाल्न नसक्दा पदक विमुख हुनु पर्यो । तर उनले त्यहाँ नेपाली ओलम्पिकको इतिहासमा २ जना प्रतिद्धन्दीलाई हराएर उनले नयाँ इतिहास भने रचिन् ।
टोकियोमा पदक नजितेपनि उनले त्यहाँबाट फर्के लगत्तै पलेशाले एसियन युथ पारा गेम्समा स्वर्ण पदक जितिन्। अब उनी सामान्य पलेशा गोवर्धन नभएर ओलम्पियन पलेशा बनिसकेकी थिइन् । अब उनीसँग अन्तर्राष्ट्रिय स्वर्ण पदक छ ।
१० वर्षको उमेर देखि खेल क्षेत्रमा होमिएकी तेक्वान्दो खेलाडी पलेशालाई ‘फरक क्षमताको खेलकुद क्षेत्र’ को रोल मोडल हुन् भन्दा फरक पर्दैन। उनको ब्यवहार, मेहनत र आत्मविश्वासले उनले सफलता हासिल गरेकी हुन् ।
एक दशकको खेलकुद यात्रामा पलेशाले खेलकुदका धेरै पक्ष बुझिसकेकी छिन्। खेलकुदमा शिक्षाको महत्व धेरै रहेको उनको अनुभव छ। र आफुले सिकेको अनुभव भविष्यमा पारा खेलाडीहरुको भलाईमा प्रयोग गर्ने सपना बुनेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ फागुन २०७९, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पल्सर स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक, क्रिकेटका ६ जना