काठमाडौं । अहिले फागुनको महिना छ । जाडो मौसम लगभग बिस्तारै सकिदै गाको महसुस हामीले गर्नसक्छौ । बिहान बेलुका अलिअलि चिसो भएतापनि देउसोको समयमा हामि एकसरो कपडा मात्र लगाएर नि हिड्न सक्छौ ।
गर्मी बढेसँगै हाम्रो दैनिक जीवनमा अनेकन समस्या आउन थाल्छ । अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुने मात्र होइन स्वास्थ्य अवस्थामा पनि गडबड सुरु हुन्छ । धेरै मानिसको समस्या भनेकै गर्मीमा शरीरमा पानीको मात्रा कम हुँदा पिसाब पोल्ने गर्छ । तर, यो एकमात्र कारण भने होइन। पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य रोगको पनि संकेत गर्छ। मुत्रनलीको संक्रमण लगायतका थुप्रै कारण हुनसक्छ, पिसाब पोल्ने र पीडा हुनुको कारण । तर, यदि गर्मीकै कारण पिसाब पोलेको हो भने यस्तो अवस्थाबाट छुट्कारा पाउन यी सरल विधि अपनाउन सकिन्छ ।
– पर्याप्त पानी पिउने । जसले व्याक्टेरिया पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।
– कहिले काहिँ मनतातो पानी पिउँदा पनि पिसाब को पीडा कम हुन्छ । थोरै पानी काँचो दुधमा मिसाएर पिउनाले पनि यो समस्यामा कमि आउँछ ।
– चिसो फल एवं तराकारी खानाले पनि यस्तो समस्यामा कमी आउँछ । अनारको जुस पनि लाभदायक हुन्छ ।
– सुकुमेल र बदामलाई मिश्रीसँग पिसेर एक गिलास पानीको साथमा पिउनाले पनि पिसाब पोल्न कम हुन्छ ।
– चामलको माडमा थोरै चिनी मिसाएर पिउँदा पनि पिसाब पोल्न कम हुन्छ ।
– पिसाबको जलनबाट राहत पाउनका लागि नरिवलको पानी निकै उपयोगी मानिन्छ ।
– नुहाई धुवाइ र सरसफाईमा ध्यान नपुगेर पनि पिसाब पोल्ने हुन सक्छ त्यसमा पनि ध्यान दिनु जरुरी हुन्छ ।
यसकारण पनि हामीले जाडो महिना होस या गर्मि महिना आफ्नो स्वास्थ्यको १२ महिनानै ख्याल गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० फागुन २०७९, १४ : ०४
लेखकबाट थप