धनगढी – एउटै रुखमा झुन्डिएको अवस्थामा कैलालीमा महिला र पुरुषको शव भेटिएको छ । कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा झुन्डिएको अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार बुधबार साँझ ५ बजे उनीहरू दुवै जना सामुदायिक वनको एउटा रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको हुन् ।
डीएसपी चन्दका अनुसार उनीहरू दुवै जना छिमेकी हुन् । बालबालिकाहरूले दुवै जना रुखमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयलाई खबर गरेका थिए । के कारणले दुवै जना रुखमा झुन्डिएका हुन ? त्यसबारे केही नखुलेको प्रहरीले जनाएको छ ।
दुवैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा एक महिलाको हत्या
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु
धनुषामा एक महिलाको विभत्स हत्या
अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित
गर्भावस्थाको समयमा महिलाको मस्तिष्क बारे महत्वपूर्ण अध्ययन
युक्रेनको ड्रोनले आक्रमणमा परेर मस्कोमा एक महिलाको मृत्यु