राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्यता वितरणलाई अभियानकै रुपमा सञ्चालन गर्ने भएको छ । राप्रपाले यो अभियान अन्तर्गत पाँच महिना भित्र ५० हजार सक्रिय सदस्य बनाउने भएको हो ।
अघिल्लो निर्वाचनमा चौथो ठुलो राजनीतिक शक्तिको रुपमा उदाएको राप्रपा अहिलेको निर्वाचनमा राष्ट्रिय दलको हैसियत समेत कायम राख्न नसक्ने गरि खुम्चिएको थियो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ । दुईदिन सम्म बसेको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठकले मंसिर मसान्तसम्म नयाँ थप ५० हजार सक्रिय सदस्य बनाउने गरी सक्रिय सदस्यता वितरण अभियानकै रुपमा प्रारम्भ गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २८ असार २०७५, ०८ : १५
लेखकबाट थप