भरतपुर । सत्तारुढ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अमर जनशक्ति क्याम्पसको आयोजनामा अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । १० वटा समुह सहभागी भएको सो प्रतियोगितामा बिबिएस पहिलो वर्ष प्रथम, बिबिएस दोस्रो वर्ष द्धितिय भएका छन् । कक्षा १२ तेस्रो स्थानमा रहन सफल भएका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रिय सचिबालय सद्स्य अशोक देबकोटा प्रमुख अतिथि रहेका थिए भने, क्याम्पस प्रमुख राम प्रसाद तिवारी र नेकपा माओवादी केन्द्र भरतपुर २२ का इन्चार्ज सुमन ढकाल उपस्थित थिए । क्याम्पसका पुर्व अध्यक्ष सुरेश बास्तोला, जिल्ला सदस्यहरु अनुप प्रसाइ, बिपिन रिजाल र मनिश पौडेलले प्रतियोगितामा सहजीकरण गरेका हुन् ।
प्रतियोगिता इकाइ अध्यक्ष अमृत अधिकारीको अध्यक्षमा सम्पन्न भएको थियो। आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचनलाइ लक्षित गर्दै अखिल (क्रान्तिकारी) ले सो प्रतियोगीता आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ फागुन २०७९, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीको महासचिवमा जनार्दन शर्मा पक्षका रोशन थापामगर निर्वाचित
अखिल क्रान्तिकारीको कोषाध्यक्षमा फुलमाया राना विजयी
अखिल क्रान्तिकारीको बाँकी मतगणना पेरिसडाँडामा गर्न प्रस्ताव
अखिल क्रान्तिकारीको पदाधिकारी चयन गर्न आज मतदान
अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी (सूचीसहित)
अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी