काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल एकीकरणको झन्डै २४० वर्षपछि आफूहरुले शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएको भए पनि अहिले नेपाल विग्रहको चपेटामा फसेको बताएका छन् । उनले ७३औं प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा यस्तो बताएका छन् ।
“नेपाल एकीकरणको झन्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका थियौं,” उनले भनेका छन्, “विविधतापूर्ण नेपाल अधिराज्यलाई थप प्रतिनिधिमुलक र समावेशी बनाउने प्रयासको विस्तार स्वागत योग्य भए पनि अहिले कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा नेपाल फसेको छ ।”
उनले आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस आवश्यक भएको बताएका छन् । “देश र जनताभन्दा दलगत, पारिवारिक, व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका नेताहरु फसेका छन् । तिनका धेरै कार्यक्रममा राजनीति छत्रछायाँ नभइ जीवनमा केही हासिल गर्न सकिँदैन भन्ने मनोभाव विकसित गरिएको छ,” शाहले भनेका छन् । उनले नेपालको निरन्तर अधोगति प्रति अब मौन रहन नसक्ने बताएका छन् ।
“शोककूल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं । यी यावत वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोेकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको विलम्ब गर्नुहुँदैन ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ फागुन २०७९, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा ज्ञानेन्द्र स्याङ्जामा