काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् ।सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सुरक्षा अंगका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले उक्त घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।
गत सोमबार नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुरसहितको आन्दोलनका क्रममा दुईवटा प्रहरी भ्यान, प्रहरी बिटमा आगजनी तथा मोबाइल पसल चोरी भएको थियो । साथै करिब तीन दर्जन जति सुरक्षाकर्मी घाइते भएका छन् ।
उक्त घटनालाई आफूले गम्भीर रुपमा लिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले काठमाडौंमै यस प्रकृतिको भएको घटना राज्यले गम्भीर रुपमा लिएको बताएका हुन् । घटनाको गहिरो अध्ययन गरेर दोषीलाई कारबाही र पीडितलाई न्याय पाउने वातावरण बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरुवा, नियुक्ति लगायतका निर्णय नगर्न मध्यपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन