प्रियङ्का कार्कीकी सासु रविनाले गरिन् ‘इन्गेजमेन्ट’

सफल खबर संवाददाता

बुधबार, ०३ फागुन २०७९, १२ : १८
प्रियङ्का कार्कीकी सासु रविनाले गरिन् ‘इन्गेजमेन्ट’

काठमाडौं । मेगा बैंककी निवर्तमान कायममुकायम कार्यकारी अधिकृत (सिईओ) रविना देशराजले प्रेम दिवसको अवसरमा प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् ।उनले मेगा बैंक छाडेको केही दिन मात्रै हुँदैछ । लामो समयअघिबाट प्रेम सम्बन्धमा रहेकी उनले स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन् ।

आफूले प्रेमलाई इन्गेजमेन्टमा परिणत गरेको भन्दै सामाजिक संजालमा तस्बीर राख्दै जानकारी दिएकी छिन्।इन्टाग्राम अकाउन्टमा प्रेमीसँगको फोटो सेयर गर्दै उनले भनेकी छन्, ‘आई सेड येस टु द म्यान आई ह्याव वेटेड फर फरइभर।’

अर्थात, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानको प्रस्तावलाई स्वीकार गरेँ।’ रविना नायिका प्रियंका कार्कीकी सासु तथा नायक आयुशमान देशराज जोशीकी आमा हुन् ।

प्रतिक्रिया दिनुहोस