काठमाडौं । हरेक वर्ष १० फेब्रुअरीका दिन प्रणय सप्ताहको चौथो दिन अर्थात् ‘टेडी डे’ अर्थात् ‘गुडिया डे’ मनाइन्छ । यस दिन आफ्नो प्रेमी वा प्रेमिकालाई मायाको चिनोका रूपमा नरम कपडाले बनाएको एक प्रकारको खेलौना उपहार दिने गर्दछन्, जसलाई टेडी वियर भनिन्छ । यो उपहार अरु दिन भन्दा ‘टेडी डे’ कै दिन दिँदा विशेष हुने गर्दछ ।
त्यसैगरी, कुनै नरम टेडीलाई आफूसँगै लिएर सुत्ने पनि गर्दछन् । यसले कतिपयलाई राम्रो निन्द्रा लाग्ने पनि गर्दछ । बजारमा विभिन्न रंगका र विभिन्न प्रकारका टेडी पाउने गरिन्छ ।
किन मनाइन्छ ‘टेडी डे’:
टेडीको नाम अमेरिकी राष्ट्रपति थियोडोर टेडी रुजवेल्टको नाममा राखिएको हो । एकपटक सिकार गर्न गएका राष्ट्रपति रुजवेल्टले वनमा भालु देखे । सिकार गर्न गए पनि उनले उक्त भालु मार्न सकेनन् ।
भालुको मायामा राष्ट्रपति यहाँसम्म डुबे कि, उनले त्यसपछि सिकार नगर्ने निर्णय गरे । उनको निर्णयलाई सम्मान गर्न एउटा सानो टेडी बनाइएको थियो । १५ फेब्रुअरी १९०३ मा न्यूयोर्कको एक क्यान्डी स्टोरका मालिक मोरिस मिचटमले पहिलो पटक आधिकारिक रूपमा टेडी वियर बनाउन थालेका हुन् । विशेष अनुभूति गराउने, हृदयस्पर्शी र बाल्यकालको मीठो सम्झना दिने टेडी उपहार दिँदा प्रेम, भावना र रोमान्सको भावना व्यक्त हुनेगर्छ ।
फरक रंगको टेडीहरूको फरक मतलब:
रातो टेडीः मायाको भावना व्यक्त गर्न चाहने व्यक्तिलाई रातो टेडी उपहार दिनुपर्छ । यसले तपाईंको सम्बन्धलाई भावानात्मक रूपमा बलियो बनाउँछ ।
गुलाबी टेडीः प्रेम प्रस्तावको जवाफ कुरिरहेको अवस्थामा गुलाबी टेडी उपहार दिन सकिन्छ । यदि प्रस्ताव राखेको व्यक्तिले टेडी स्वीकारेको खण्डमा प्रेम स्वीकार भएको बुझ्नुपर्छ ।
सुन्तला रङको टेडीः सुन्तला रङ खुशी, सकारात्मक सोचको प्रतिक हो । आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्दा सुन्तला रङको टेडी दिन सकिन्छ ।
नीलो टेडीः आफ्नो जोडीप्रतिको गहिरो प्रेम व्यक्त गर्न नीलो टेडी प्रयोग गर्न सकिन्छ ।
हरियो टेडीः हरियो टेडी भावानात्मक जडान र प्रतिबद्धताको प्रतिक हो । उसको प्रतिक्षामा रहेको आभास दिलाउन हरियो टेडी दिने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ माघ २०७९, १२ : ४८
लेखकबाट थप