काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गरेको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आज भएको भेटमा उहाँहरुबीच दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ माघ २०७९, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०८३ भित्र द्रुतमार्ग निर्माणको काम सक्छौं : प्रधानसेनापति शर्मा