काठमाडौं । नेकपा माओवादी केन्द्रमा दुई जना उपाध्यक्ष थपिएका छन् । हालै सम्पन्न स्थायी समिति बैठकबाट यसअघि उपमहासचिव रहेकी पम्फा भुसाल र निवर्तमान सभामुख अग्नि प्रसाद सापकोटालाई उपाध्यक्षमा मनोनित गरिएको छ ।
माओवादी स्रोतले दिएको जानकारी अनुसार माओवादीको पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति र बैकल्पीक केन्द्रीय समितिको संख्या समेत टुंगो लागेको छ ।
जस अनुसार पदाधिकारी २२ जनाको बनेको छ । स्थायी समिति ४४ जनाको बनेको छ भने केन्द्रीय समिति ३८६ जनाको बनेको छ । त्यस्तै बैकल्पीक केन्द्रीय समिति २०२ जनाको बनेको छ । यसरी बैकल्पिक सदस्य समेत जोड्दा माओवादी केन्द्रको केन्द्रीय समिति ५८८ सदस्यीय बनेको ।
माओवादी केन्द्रले पोलिटब्यूरो समिति भने बनाएको छैन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ माघ २०७९, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदै
अपराधिक कार्य गर्ने सबैलाई कारबाही गर : माओवादी केन्द्र
दलित समुदायको उत्थान नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : राधेश्याम पासवान
सरकारकै नालायकीले राजावादीहरू सक्रिय भएको माओवादीको निष्कर्ष
माओवादीको पहलमा प्रदर्शनको तयारीमा गणतन्त्रवादीहरू
पूर्वसांसद साह माओवादी केन्द्रमा प्रवेश