काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताएका छन्।
प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा आज कार्यक्रममा अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभवाकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने उनले बताए।
“पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारका गर्ने व्यवस्था गर्ने प्रबन्ध गरियो, बजेटमा पनि प्रस्तुत गरियो”, उनले भने, “तर अहिले पनि प्रभावकारी रुपमा व्यवस्थापन हुन सकेको छैन ।” सरकारले पत्रकारका लागि दुर्घटनामा बीमामा सरकारले ५० प्रतिशत तिर्ने व्यवस्था पनि सरकारले गरेको अर्को महत्वपूर्ण काम भएको उल्लेख गर्दै उनले श्रमजीवी पत्रकारको पक्षमा सरकार सधैव रहेको स्पष्ट पारे।
नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका पौडेलले सरकारले सञ्चार क्षेत्रसँग जोडिएर बीमा, क्लिन फिडजस्ता महत्वपूर्ण व्यवस्था गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए। श्रमजीवी पत्रकार व्यक्तित्व विकास र नेतृत्व विकासमा चौतारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उहाँले जनता र राष्ट्रको न्यायको पक्षमा पत्रकारिताको अगुवा भएका काम गर्न आग्रह गरे।
नेकपा (एमाले_ का उपमहासचिव एवं चौतारीका इन्चार्ज पृथ्वीशुब्बा गुरुङले सबैभन्दा योग्य र भरोसायुक्त श्रमजीवीहरुको सङ्गठनका रुपमा चौतारीलाई विकास गर्नुपर्नेमा जोड दिए। चौतारीको स्थापना दिवसका अवसरमा डा बालकृष्ण चापागाईं यस वर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कार प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ माघ २०७९, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र सुधारोन्मुख छ, तर म सन्तुष्ट छैन : अर्थमन्त्री पौडेल
प्रधानमन्त्रीसँग मनमुटाव भएको भन्ने प्रचार मनको लड्डु घ्युसँग खानुबाहेक अरु केही होइन : अर्थमन्त्री पौडेल
औद्योगीकरणमा फड्को मार्न सकिएन : अर्थमन्त्री पौडेल
कन्ट्री रेटिङको नतिजा हाम्रो लागि अनुकूल : अर्थमन्त्री पौडेल
नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक छन् : अर्थमन्त्री पौडेल
राजनीतिक स्थिरता र आर्थिक समृद्धिलाई वर्तमान सरकार : अर्थमन्त्री पौडेल