मोरङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक रहेको बताएका छन् ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधन गर्ने दस्तावेज भए पनि शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पारे। अध्यक्ष ओलीले नेकपा एमालेको राष्ट्रपति पदमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान सत्ता समीकरणको उम्मेदवार भएको स्पष्ट पारे ।
सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले गृहमन्त्री पाउनुपर्ने तर त्यो पार्टीले कसलाई बनाउने उसको जिम्मेवारी रहेको भन्दै उनले यस विषयमा कुनै छलफल नभएको र सरकारबीच असमझदारी समेत नरहेको स्पष्ट पारे।
पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा लोकतन्त्रका विरुद्ध षडयन्त्र भैरहेकोले त्यसप्रति नेपाली जनता सजग र सचेत हुनुपर्छ भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले उत्पादन र रोजगारीका क्षेत्रमा लगानी गर्नुपर्छ : अध्यक्ष ओली
एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता