नेपालगञ्ज । कोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएकाे छ।
कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हाे।
श्रीमती गंगासँगको झगडामा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए।
जलेर घाइते भएका दुवैलाई कोहलपुरमा उपचारपछि नेपालगञ्जमा भेरी अस्पतालमा ल्याइएको थियो। आज बिहान ६ बजेतिर छोरा प्रिन्सको मृत्यु भएको छ। गंगाको उपचार भइरहेको छ।
प्रहरीले भानुभक्तलाई नाकाबाट पक्राउ गरेको छ। उनीहरू भारततिर भाग्दै थिए। आइतबार साँझ ७ बजे घटना भएको थियो। ११ बजेतिर घाइतेलाई नेपालगञ्ज ल्याइएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
बढ्यो पेट्रोल-डिजेलको मूल्य
पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन काँग्रेसद्वारा ध्यानाकर्षण
घट्यो पेट्रोल, डिजेलको मुल्य, कति पर्छ लिटरको ?
घट्यो पेट्रोल र डिजेलको मूल्य
प्रतिलिटर ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य