वालिङ। नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताएका छन । गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट विजयी भएसँगै मतदातालाई धन्यवाद दिनेक्रममा आज वालिङ ८ बिपी चोकमा आयोजित कार्यक्रममा उहाँले कामबाट प्रमाणित गर्नुपर्ने जिम्मेवारी आँफूमाझ रहेको बताए ।
“जनता धेरै सचेत हुनुहुन्छ, धेरै बुझ्नुभएको छ, नेताले गफ बढी गर्छन् काम गर्दैनन् भन्ने बुझाइ छ”, उनले भने, “यो पाँच वर्षमा देखिने गरी काम गर्नुपर्छ, काम देखेमात्र जनताले विश्वास गर्नुहुन्छ, नत्र यी पनि उस्तै हुन् पक्कै भन्नुहुनेछ ।” स्याङ्जा–२ का जनताले निर्वाचनका बेला अमूल्य मत दिएर आफूलाई विजयी गराएकाले पनि यहाँको विकास निर्माण तथा जनताको जीवनस्तर परिवर्तन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ माघ २०७९, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले ५ सय र हजारका नोट तत्काल प्रतिवन्ध लगाउनुपर्छ : काँग्रेस उपसभापति गुरुङ
राष्ट्रियसभा सदस्यमा नयाँलाई अवसर दिनुपर्छ : उपसभापति गुरुङ