काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन। बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसक्नुभएका शेरचन पुनः तेस्रो पटक नियुक्त भएका हुन । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका हुन ।
सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गर्नुभएका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ । उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए । तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएका हुन ।
जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका थिए । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ हुनुभएका हो । आगामी माघ १८ देखि उहाँले तेस्रो कार्यकाल सुरु गर्नेछन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु बैंकका कर्मचारी र ग्राहकलाई बुद्ध एयरको टिकटमा विशेष छुट
प्रभु बैंक र बुद्ध एयरबिच छुट सम्झौता
प्युठान को बिजुवारमा प्रभु बैंक को ३१५ औं शाखा सञ्चालनमा
प्रभु बैँक र आगन्तुक रिसोर्टबिच छुटसम्बन्धी सम्झौता
प्रभु बैंकका ग्राहकले बागलुङका दुई होटलमा विशेष छुट पाउने
फार्म हाउस होटल र प्रभु बैंकबिच छुट सम्झौता