कैलाली । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर काट्न गएकी ५० वर्षीया ललु सार्कीलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
आरक्ष विस्थापित शिविरको ढक्कास्थित बेलडाँडी टोल बस्ने महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।
घाइतेको बेलौरी स्थित ईशान मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ माघ २०७९, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु