कर्णालीका नवनियुक्त ४ मन्त्रीले लिए सपथ

सफल खबर संवाददाता

बुधबार, ११ माघ २०७९, १८ : २८
कर्णालीका नवनियुक्त ४ मन्त्रीले लिए सपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ४ मन्त्रीहरूले शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले चार मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मन्त्रीको सपथ लिनेहरुमा नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा रहेका छन् । जिसी आन्तरिक मामिला तथा योजना मन्त्री र शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

एमालेबाट टेकराज पछाई र जीतबहादुर मल्लले मन्त्रीको सपथ लिएका छन् । पछाईले सामाजिक विकास मन्त्री र मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिएका छन् ।

बुधबार नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।