बागमती प्रदेशमा माओवादीले टुंग्यायो ३ मन्त्री

सफल खबर संवाददाता

मंगलबार, १० माघ २०७९, ०० : १९
बागमती  प्रदेशमा माओवादीले टुंग्यायो ३ मन्त्री

 काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशमा आफ्नो पार्टीबाट हुने मन्त्री बन्नेहरूको नाम टुंग्याएको छ । प्रदेश सरकारको समेत नेतृत्व गरिरहेको माओवादीले पठाउने तीन मन्त्रीमा गंगानारायण श्रेष्ठ, युवराज दुलाल र कुमारी मोक्तान रहेका एक सांसदले जानकारी दिए ।

श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, दुलालले भौतिक योजना तथा मोक्तानले सामाजिक विकास मन्त्रालय पाउने भएका छन् ।सिन्धुपाल्चोकका दुलाल र मकवानपुरकी मोक्तान यसअघि समाजिक विकासमन्त्री भइसकेका छन् । सिन्धुलीका श्रेष्ठ भने पहिलोपटक मन्त्री बन्न लागेका हुन ।

प्रतिक्रिया दिनुहोस