काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कनेक्ट आईपीएसका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ ।
कनेक्ट आईपीएमार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्टआईपिएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा अब रु. १०,००० सम्मको भुक्तानी मा रु.२ र सो भन्दामाथि रु. २० लाख सम्मको भुक्तानीमा रु.५ कारोबार शुल्क लागू हुनेछ ।
हाल एनसीएचएलका वालेट एप मार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यम मार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्न्नेछन् ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एनसीएचएलका विभिन्न च्यानलहरु मार्फत सरकारी राजस्व भुक्तानीका रु ११४ अर्ब बराबरका ९ लाख ७० हजार भन्दा बढी भुक्तानी कारोबारहरु भएका छन् ।
एनसीएचएलले गत ५ वर्ष देखि सरकारी भुक्तानीहरु डिजिटाइज गर्न सरकारी निकाय सँग समन्वय गर्दै आएको छ भने गत आर्थिक वर्ष लगभग २०% जति राजस्व संकलन अनलाइन माध्यमबाट गराउन पनि सफल भइसकेको छ । आगामी वर्षहरुमा यस्ता अनलाइन संकलन अझै वृद्धि हुने कम्पनीको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ माघ २०७९, १२ : ०३
लेखकबाट थप