काठमाडौँ । आज संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ।
दिउँसो १ बजे बस्ने आजको बैठक प्रतिनिधिसभाको बैठकमा सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवम् शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ।
त्यस्तै, राष्ट्रियसभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस हुने तयारी रहेको छ।
साथै, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० माघ २०७९, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
शिक्षासहित पाँचवटा समितिको बैठक बस्दै
कृषिसहित चारवटा समितिको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैँ
संघीय संसदका पाँच समितिको बैठक बस्दैँ