काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच शुक्रबार अर्थ मन्त्रालयमा भेटघाट सम्पन्न भएको छ । हाल यातायात क्षेत्रको ढुवानीमा देखिएको समस्याको बारेमा उक्त प्रतिनिधि मण्डलले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
भेटका क्रममा मालबाहक ढुवानी क्षेत्रमा देखिएका समस्याका बारेमा पनि अर्थ मन्त्रीलाई जानकारी गराइएको थियो। अर्थमन्त्री पौडेलले व्यवसायीको समस्या समाधानका पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले जानकारी दिए ।
भेटघाट कार्यक्रममा महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव राजेन्द्र विक्रम बानियाँ , कोषाध्यक्ष ओम कार्की लागतका व्यवसायीहरूको सहभागिता रहेको थियो । प्रतिनिधिमण्डलले मन्त्री पौडेललाई सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिद्धबाबा सुरुङमार्ग समयमै निर्माण हुन्छ : अर्थमन्त्री पौडेल
तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियो: अर्थमन्त्री पौडेल
वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंः अर्थमन्त्री पौडेल