नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त छैन: मन्त्री साह

सफल खबर संवाददाता

शनिबार, ०७ माघ २०७९, १४ : १८
नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त छैन: मन्त्री साह

काठमाडौं । कृषि तथा पशुुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा पोषक तत्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको बताएकी छन। शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै यस्तो बताइन्। उनले गरीबी समुदायको बालबालिकाहरुको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको बताइन् । उनले बालबालिकाको उमेर अनुसार समग्र विकासमा सन्तुलित आहारको आवश्यक्ता भएपनि आवश्यक प्रोटिनको उपलब्धता नहुँदा विभिन्न रोगहरुको शिकार भइरहेको बताइन् ।

उनले कृषि मन्त्रालय खाद्यान्नहरुमा नेपाललाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको पनि उल्लेख गरिन् । उनले किसानहरुले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्ड फ्लूबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको बताइन् । उनले बर्ड फ्लूबाट भएको क्षतिअनुसार क्षतिपूर्ति दिन मन्त्रालय तयारी गरिरहेको पनि बताइन् ।

मन्त्री साहले कृषि तथा पशुजन्य उत्पादनहरु बढाइ कृषिमा आत्मनिर्भर हुन लागिपरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस