नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर छ : पर्यटन मन्त्री

सफल खबर संवाददाता

विहीबार, ०५ माघ २०७९, १२ : २६
नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर छ : पर्यटन मन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका छन। बिहीबार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउँदै यस्तो बताएका हुन ।

मन्त्री किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताए ।पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली कांग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै उनले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका हुन ।

मन्त्री किराँतीले गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको बताए। उनले अझै एक जना शिशुको शव खोजि कार्य जारी रहेको जानकारी दिए ।

उनले सरकारले खोजी कार्यमा नेपाल प्रहरी, नेपाल आर्मी, नेपाल सशस्त्र प्रहरी बल लगायतका निकाय खोजि कार्यमा निरन्तर लागेको बताए।

प्रतिक्रिया दिनुहोस