काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताएका छन । शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताए ।
उनले सरकारले व्यवसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उनले उद्योगी व्यवसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको पनि बताए। मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताए ।
उनले भने,‘अहिले नै म यस्तो गर्छु भनेर बोल्दिन । तपाईहरुले उठाएका विषयहरुलाई छलफल गर्छु । व्यवसायीहरुले दिएका उचिव सुझाव र सल्लाहलाई ग्रहण गरिने छ । मन्त्रालयमा कामको चाङ लागेका छन् । त्यसले गर्दा महासंघले राखेका माग र सुझावहरुलाई ग्रहण गर्दै व्यवसायीहरुलाई निराश हुन नदिने गरी कोशिस गर्छु ।’ उनले व्यवसायीहरुको माग छलफल र अध्ययन गरी उचित मागलाई सम्बोधन गर्ने प्रतिवद्धता महासंघलाई जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिद्धबाबा सुरुङमार्ग समयमै निर्माण हुन्छ : अर्थमन्त्री पौडेल
तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियो: अर्थमन्त्री पौडेल
वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री पौडेल
देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौंः अर्थमन्त्री पौडेल