चितवन । नेपाली सेनाले उच्च प्राथमिकतामा राखेर पुनर्निर्माण सम्पन्न गरेको भरतपुर ६ केसरवागस्थित ‘किङफिसर’ ताल स्थानीयलाई हस्तान्तरण गरेको छ । किङगफिसर ताल ४ नामाकरण गरिएको ताल शुक्रबार नवज्योति सामुदायिक बन उपभोक्ता समूह भरतपुर ६ लाइ हस्तान्तरण गरिएको हो ।
गत आर्थिक वर्ष २०७८र०७९ मा तालतलैया संरक्षण र पुनर्निर्माणको महत्वपूर्ण परियोजनाका रूपमा सेनाले उक्त कार्य गरेको हो । निर्माणको जिम्मेवारी पूरा गरेसँगै सेनाले उक्त ताल स्थानीयलाई हस्तान्तरण गरेको जनाएको छ। किङफिसर एक, दुई र तीन यस अघि नै स्थानीयलाई हस्तान्तरण गरि सकिएको छ ।
कार्यक्रममा बोल्दै भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले तालको संरक्षण र प्रबर्द्धन गरी पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने बताए । चितवन देश कै तेस्रो गन्तव्यको रुपमा रहेको बताउदै उप प्रमुख अधिकारीले स्थानीय स्तरमा भएका ताल तलैयाहरुको सरक्षण र सम्बर्द्धन गरि पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्न ढिला गर्न नहुने तर्क राखे ।
किङफिसर भन्ने चरा त्यस स्थानमा आएर चरीचरन गर्ने क्रममा माछा खाने गरेकाले उक्त तालको नाम किङफिसर ताल राखिएको हो । किङफिसर ताल मुलुकुमा रहेका पाँच हजार ३ सय ५८ तालमध्ये निकै चर्चामा रहेको एक महत्वपूर्ण ताल हो । पूर्वपश्चिम राजमार्गको हाकिमचोकबाट सात किलोमिटर दक्षिण, खगेरी दह पश्चिम तथा बीसहजारी ताल नजिक अवस्थित उक्त ताल मानव निर्मित हो ।
नवज्योति सामुदायिक वन मध्यवर्ती क्षेत्रका स्थानीयवासीको सहयोगमा विसं २०६२ मा पुनर्निर्माण गरिएको उक्त तालमा पानीको स्थायित्वका लागि बीचबीचमा बाँध लगाइएको छ । बाँधले छुट्याए अनुसार किङफिसर एक, दुई, तीन र चार नामकरण गरिएको उक्त ताल निर्माणका लागि वन मन्त्रालयअन्तर्गत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास कार्यक्रमबाट विभिन्न आर्थिक वर्षहरुमा बजेट विनियोजन गरिएको थियोे ।
केही वर्षदेखि चौरमा परिणत भएको र त्यस क्षेत्रको वैभव बोकेको उक्त ताल पुनर्निर्माणका लागि स्थानीयवासीले पटकपटक आग्रह गरेपछि सैनिक नागरिक सम्बन्धको नमूना कार्य बनाउने उद्देश्यले किङफिसर ताल निर्माणलाई प्राथमिकता दिइएको हो ।
ताल निर्माणपछि त्यस क्षेत्रमा रहेका लोपोन्मुख जलीय प्राणीको संरक्षणका साथै पर्यावरणीय सन्तुलनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।ताल निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनले त्यस क्षेत्रमा व्यापार व्यवसाय र चहलपहल बढने स्थानीयवासीको भनाइ छ । उक्त ताल पुनर्निर्माणका लागि कालीप्रसाद गण (ई) लाई सेनाले व्यवस्थापनको जिम्मेवारी दिएको थियोे ।
बिगत ४ बर्ष देखि नेपाली सेनाबाट तालको रेखदेख तथा सरक्षण हुँदै आइरहेको थियोे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, १६ : ३२
लेखकबाट थप