एजेन्सी । रियल बेटिसलाई हराउँदै क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । ला लिगा प्रतिद्धन्द्धी रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि भिडन्तमा रियल म्याड्रिडसँगको भेट पक्का गरेको हो।
निर्धारित र अतिरिक्त समयमा नतिजा ननिस्किएसँगै खेल टाइब्रेकरमा लम्बिएको थियो। जसमा बार्सिलोनाले बाजी मार्यो। टाइब्रेकरमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गरे।
यता रियल बेटिसका लागि विलियम जोश र लोरेन मोरोनले गोल गर्दा जुआनमी र विलियम कार्भाल्हो चुकेका थिए। त्यसअघि साउदी अरबको किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलको निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि अतिरिक्त समयमा पनि थप १-१ गोलसहित २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।
बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र अन्सु फातीले गोल गर्दा रियल बेटिसका नविल फेकिर र लोरेन मोरोनले गोल गरेका थिए। खेलको ४०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमै १–० को अग्रता दिलाए। तर खेलको ७७ औं मिनेटमा नविल फेकिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
अतिरिक्त समयको ९३ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई पुनः २–१ ले अघि बढाए । तर १०१औं मिनेटमा लोरेन मोरोनले गोेल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।
खेलको अन्त्यतिर रियल बेटिस १० खेलाडीमा समेटियो । आन्द्रेस गुआरडाडो ७ मिनेटको अन्तरमा दोहोरो पहेलो कार्डसहित ११८औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि खेलमा थप गोल निस्कन नसक्दा पेनाल्टीमा लम्बिएको थियो।
अब बार्सिलोनाले उपाधिका लागि रियल म्याड्रिडसँग खेल्नेछ । रियलले बुधबार भ्यालेन्सियालाई टाइब्रेकरमै ४–३ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो। फाइनल आगामी आइतबार हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो
रेड स्टारमाथि बार्सिलोनाको शानदार जित