काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरु न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको बताए ।
प्रतिनिधिसभा विघटन ठीक कि बेठिक भन्ने बहसतर्फ जान नचाहेको भन्दै उनले संविधानको कार्यान्वयन गर्ने आफूहरुको प्रतिवद्धता भएको बताए । उनले भने, ‘सदन विघटन सही थियो कि थिएन हाम्रो विषय होइन ।’
संविधान बनाउने क्रममा नै सदनलाई सर्वोपरी बनाउन सहमति भएको भन्दै उनले भने, ‘भोलि संविधान संशोधन गर्ने, नयाँ ठाउँमा पुर्याउने हुनसक्छ । संविधान संशोधन नहुँदासम्म त्यसको मर्म र भावनाअनुसार अघि बढ्न प्रतिवद्ध छौं ।’
संविधानको मर्म र भावना भन्दा दायाँबायाँ गर्ने छुट आफूलाई नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड