काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पुस २७ गते नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्म दिनका दिन हाे । सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई शर्तका रुपमा अघि सारेकाे थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, १८ : ५६
लेखकबाट थप