रौतहटबाट १० लाख मूल्यको अवैध सामान बरामद

सफल खबर संवाददाता

शनिबार, २३ पुस २०७९, ०८ : ५३
रौतहटबाट १० लाख मूल्यको अवैध सामान बरामद

फाईल तस्वीर

काठमाडौं । प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट झण्डै १० लाख रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

शुक्रबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रपुर – ४ स्थित चन्द्रपुर गौर सडकखण्डबाट नौ लाख ८८ हजार ३८० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको हो। 

सर्लाहीको हरिवन नगरपालिका ५ घर भएका ३३ वर्षीय विनोद महतोले चलाएको प्रदेश २–०२–००१ च ०२४३ नम्बरको पिकअप गाडीबाट गुटखा लगायतका किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गाडीमा बिल विजकभन्दा धेरै सरसामान देखिएकाले सामानसहित पिकअप र चालक समेतलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस