पोखरा । गण्डकीमा सरकार पहिले बनाउने कि संसद पहिले चलाउने भन्ने बहसका बीच संसद सुरु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैठक डाकेपछि सोमबारदेखि संसद सुरु भएको हो । अहिलेसम्म सरकार गठनका लागि आह्वान भएको छैन । नयाँ प्रदेशसभा सांसद निर्वाचित भएपछिको पहिलो बैठकमा सरकार गठन भएका कारण सत्ता र प्रतिपक्षी संसदमा थिएनन् ।
केन्द्रमा एमाले र माओवादी सहितको गठबन्धन सरकार बनेपछि प्रदेशमा पनि सोही निरन्तरता हुने सम्भावना छ । ६० सदस्यिय प्रदेशसभामा २७ सिट जितेर पनि सम्भावित प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले नै पहिलो बैठकमा अध्यादेश टेबुल गरे ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले गत असोज ७ गते प्रदेश निजामति तथा स्थानीय सेवा सम्बन्धि २ अध्यादेश जारी गरेको थियो । सरकारले जारी गरेको अध्यादेश प्रदेशसभाको पहिलो बैठकमा पेस गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।
प्रदेशसभा नियमावलीको नियम ९४ (१) अनुसार संविधानको धारा २०२ बमोजिम जारी भएको अध्यादेश जारी भएपछि बसेको सभाको बैठकमा सम्बन्धित् मन्त्रीले पेस गर्नेछ, भन्ने उल्लेख गरिएको छ । सोही धाराबमोजिम गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले अध्यादेश टेबुल गरे । थापा प्रदेश सांसदमा निर्वाचित भएपनि सोमबारको बैठकमा सरकारको मन्त्रीको हैसियतले उपस्थित भएका थिए ।
संसदमा मन्त्रीहरूको लागि सबैभन्दा अगाडि छुट्टै कुर्ची र टेबुलको व्यवस्था सचिवालयले गरेको थियो । वन मन्त्री दीपक चर्ती मगर र युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीको हैसियतमा उपस्थित भएका थिए । तर, सांसदद्वय मनाङे र थापाले प्रदेशसभा सचिवालयमा भने प्रदेश सांसदकै हैसियतमा हाजिरी गरेका छन् ।
संसदमा पेस भएको निजामति अध्यादेशअनुसार प्रदेशका मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा बढुवा प्रदेश सरकारले नै गर्ने व्यवस्था छ । अधिकृत एघारौं तह (सहसचिव) वा सो सरहको कर्मचारीको सरुवा बढुवा प्रदेश सरकार अर्थात मन्त्रिपरिषदको बैठकमार्फत हुने भएको छ ।
प्रदेशका मन्त्रालय, निर्देशनालयहरुमा एघारौं तहका कर्मचारीको खटनपटन अहिलेसम्म संघीय सरकारले गर्दै आएको थियो । अधिकृत दशौं, नवौं, आठौं र सातौं तह वा सो सरहका कर्मचारीको सरुवा प्रदेश सरकारको प्रमुख सचिवले गर्ने व्यवस्था छ । अधिकृत छैटौं तह र सोभन्दा मुनिका सबै कर्मचारीको सरुवा गर्ने अधिकार सम्बन्धित मन्त्रालयका सचिवलाई अधिकार दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ पुस २०७९, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
गण्डकीका भौतिक मन्त्रीको सम्पत्ति : ५ सेट हिरा, ९५ तोला सुनसहित करोडौँ पर्ने जग्गा
गण्डकीका वन मन्त्री भेषबहादुरद्वारा शपथ ग्रहण