दाङ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित भएका छन् ।
आज सम्पन्न प्रदेशसभा सदस्यको बैठकले उनलाई संसदीय दल नेतामा सर्वसम्मत चयन गरेको हो । महरा रोल्पा निर्वाचन क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नेता महरा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत छन्। लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका नौ जना प्रदेशसभा सदस्यले उनलाई सर्वसम्मत चयन गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन बरालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ पुस २०७९, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यविभाजन टुङ्ग्याउन माओवादी पदाधिकारी बैठक बस्दै
माओवादीले सिंहदरबारमा बोलायो विपक्षी दलको बैठक
माओवादीको पदाधिकारी बैठक बस्दै
संसद् अधिवेशन आह्वान नभएकोप्रति माओवादीले जनायो आपत्ति
माओवादी केन्द्रीय समिति बैठक आज पनि
माओवादीको केन्द्रीय कमिटी बैठक जारी