गृहमन्त्री लामिछानेको प्रमुख सल्लाहकारमा देवेन्द्र बजगाईलाई बनाउन रास्वपाको माग

सफल खबर संवाददाता

शनिबार, १६ पुस २०७९, १४ : ४७
गृहमन्त्री लामिछानेको प्रमुख सल्लाहकारमा देवेन्द्र बजगाईलाई बनाउन रास्वपाको माग

काठमाडौं ।  गृहमन्त्री तथा रास्वपाका अध्यक्ष रवि लामिछानेको प्रमुख सल्लाहकारमा देवेन्द्र बजगाईलाई वनाउन पार्टि भित्रै माग आउन थालेको छ । बजगाई विगत लामो समय देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रको सुरक्षा क्षेत्रमा काम गर्दै आएका छन । उनले निजि तबरबाटै सुरक्षा सम्वन्धी विभिन्न किसीमका तालिम लिएका छन भने आधुनिक हातहतियार सम्वन्धी पनि रामो ज्ञान भएको वताईन्छ । उनको सुरक्षा समवन्धी विज्ञताबाट प्रभावित भएर गत वर्ष युरोपियन युनियनका रक्षा विशेषज्ञहरु समेत नेपाल आएर उनलाई भेटेका थिए ।

मलेशिया,कतार दुवइ,भारत श्रीलंका, पाकिस्तान, सुडान,फिपिन्स,घाना,युगाण्डा लगायतका अफ्रिकन मुलुकका सरकारी तथा अर्धसरकारी विशेषञहरु संग राम्रो सम्वन्ध भएको वजगाई हाल मलेशिया,कतारका सरकारी उच्च पदाधिकारीहरुको सुरक्षा परामर्शदाताको रुपमा पनि विश्वासीलो पात्र वन्दै गएका छन ।

हालै सम्पन्न निर्वाचनमा रास्वपा वाट संघको लागि काठमाडौं २ बाट लोकसभा सदस्यमा समानुपातिकको उमेदवार पनि वनाइएको थियो । निर्वाचनमा उनलाई पार्टिले निर्वाचन परीचालन कमिटिको सहसंयोजकको जिम्मेवारी दिएका थिए । छोटो समयमै उनले निर्वाचन क्षेत्रहरुको दौडाहा गरेर कार्यकर्ताहरुलाई सुरक्षा सम्वन्धी तालिम दिएर प्रशिक्षित गरेका थिए । पार्टिका अध्यक्ष रवि लामिछानेको चितवन,झापा,काठमाडौंका आमसभाहरुमा कार्यकर्ता र शुभचिन्तकहरुको अत्यधिक भिडलाई व्यवस्थापन गर्नुको साथै उनको रक्षाको लागी सवै किसिमका आन्तरिक तथा वाह्य सु्रक्षाका रणनीतिकार वजगाई थिए । उनी चुनाव अवधि भरी रविको अघिपछि छाँयाको रुपमा हिडेर सुरक्षा कवच वनेको रास्वपाका कार्यकर्ताहरु वताउँछन ।

प्रतिक्रिया दिनुहोस