पोखरा बन्यो प्रदेश ४ को स्थायी राजधानी

सोमबार, १८ असार २०७५, १८ : १५
पोखरा बन्यो प्रदेश ४ को स्थायी राजधानी

पोखरा । प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । सोमबार बसेको प्रदेशसभाले बैठले पोखरालाई स्थायी राजधानी बनाउने निर्णय गरेको हो ।

प्रदेशका २ दुई तिहाई सांसदको बहुततले पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको हो । प्रदेशसभा बैठकको छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । यसअघि काँग्रेस सभापति शेबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो ।

प्रदेशको नाम भने अझै तोकिएको छैन । प्रदेशका नामका विषयमा सत्तारुढ सांसदहरुकै पनि मत बाझिने गरेको छ । ४ नम्बर प्रदेशको नाम गण्डकी, तमुवान–मगरात, गोरखा र धवलागिरी, गण्डकी तमुवान, गण्डकी र अन्नपूर्ण लगायत चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस