काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारलाई एकीकृत समाजवादीको समर्थन बारेमा मात्र छलफल केन्द्रीत रहेको दाबी गरेका छन्।
डेढ वर्षअघि एमाले फुटाएर बनेको एकीकृत समाजवादीलाई पार्टीमै फर्काएर संसदको सबैभन्दा ठुलो दल बन्न चाहेको समाचार आइरहेका बेला ज्ञवालीले त्यस्तो सम्भावना नरहेको बताएका हुन्।
‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
एमाले अध्यक्ष ओलीनिकट मानिने नेता ज्ञवालीले एमालेभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर कम्युनिष्ट आन्दोलन यहाँसम्म आइपुगेको उल्लेख गरेका छन् । ‘संकटका बेला सतिसालझैं उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ पुस २०७९, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउँदैन : प्रदीप ज्ञवाली
विद्या भण्डारीलाई एमालेको नेतृत्वमा ल्याउने कुनै तयारी छैन : उपमहासचिव ज्ञवाली
बीआरआईलाई धेरै गिजोलेर ऋण भर्सेस अनुदानको बहस गर्न हुँदैन : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको आरोप : १० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान् समय खेर गयो
यो गठबन्धनलाई टिकाउने चुनौती छ : प्रदीप ज्ञवाली
सत्ता गठबन्धन भत्काउने काँग्रेसको प्रयास अनुचित : प्रदीप ज्ञवाली