पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अपमानित भएर पोखरा आएको टिप्पणी गरेका छन् । लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी महामन्त्री थापालाई मोडरेटर बसन्त बस्नेतले तपाईं हारेर आएको कि जितेर भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अपमानित भएर आएको हुँ ।’
सत्ता गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेको सुनेपछि कतिबेला बोलाउनुहुन्छ भनेर फोन कुरेर बसेको उनले बताए । संसदीय समितिमा दलको नेता बाहेक महामन्त्रीद्वय पदेन सदस्य रहेको भन्दै उनले भने, ‘बिहान ६ बजेबाट सभापतिको कल कतिखेर आउँछ भनेर कुरेर बसेको हुुँ ।’
पार्टी कार्यालयमा छलफल नभएको, घरमा नबोलाई जान नमिलेको भन्दै उनले भने, ‘अपमानित भएर आएको हुँ ।’हार जितको यो प्रकरण सकिएको भन्दै उनले कांग्रेसलाई फेरि उठाउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
पहिला विगतका सम्झौता कार्यान्वयन होस् : गगनकुमार थापा
कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक छ : महामन्त्री थापा
नेपाली काँग्रेस प्रतिपक्षमै रहने
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
पहिचानको मुद्दालाई कांग्रेसले सम्हालेर अगाडि बढाउँछ : महामन्त्री थापा