एजेन्सी । दक्षिण अफ्रिकी सहर बोक्सबर्गमा इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् ।
तरल पेट्रोलियम ग्यास ९एलपीजी० ढुवानी गरेको ट्यांकर शनिबार बिहान अस्पताल र घर नजिकैको पुलमुनि विस्फोट भएको थियो ।
‘पुलमुनि ट्यांकर फसेको भन्ने फोन पायौं। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई बोलाइएको थियो । दुर्भाग्यवश, ट्याङ्कर विस्फोट भयो’, उक्त क्षेत्रका आपतकालीन सेवाका प्रवक्ता विलियम एनटलाडीले भने ।
घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घट्यो
उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात, अभाव नहुने
निगमले घटायो इन्धनको मुल्य, अब कुनको कति ?