लेखा समूहका ३८९ जना कर्मचारीको सरुवा

सफल खबर संवाददाता

शनिबार, ०९ पुस २०७९, १४ : २१
लेखा समूहका ३८९ जना कर्मचारीको सरुवा

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका करिब चार सय कर्मचारीको सरुवा गरेको छ । कार्यालयले बिहीवार सरुवाको निर्णय गरेको हो ।  कार्यालयका अनुसार ४७ उपसचिव र ११७ शाखा अधिकृत, २२५ लेखापालको सरुवा भएको छ । 

निर्वाचन आचारसंहिता अन्त्य भएसँगै ठूलो संख्यामा सरुवा गरिएको हो । 

प्रतिक्रिया दिनुहोस