आगामी ५ वर्षका लागि गठबन्धनको सरकार बन्छ : मन्त्री बडु

सफल खबर संवाददाता

शुक्रबार, ०८ पुस २०७९, १६ : ३९
आगामी ५ वर्षका लागि गठबन्धनको सरकार बन्छ : मन्त्री बडु

सिन्धुली । उद्योग वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडुले जनताले दिएको म्याण्डेट अनुसार आगामी ५ वर्षका लागि गठबन्धनको सरकार बन्ने बताएका छन।

मन्त्री बडुले शुक्रबार सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा सिन्धुली उद्योग वाणिज्य संघ तथा कमलामाई नगरपालिकाद्धारा संयुक्त रुपमा आयोजना गरिएको छैठौं सिन्धुली महोत्सवमा बताए। यसै अवसरमा मन्त्री बडुले नेपालका बैंकहरुले व्याजदर बढाउदा बजारमा पुजीको तरलता आएका कारण देशका तमाम उद्योग धन्दा धरासायी भएको बताए।

कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृृद्धि गरौं, समृद्ध र समुन्नत सिन्धुली निर्माणको लागि अघि बढौ” भन्ने मूल नारासहित सिन्धुलीमा आयोजना भएको महोत्सवले लघु उधम तथा घरेलु उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस