एजेन्सी । विश्वकप २०२२ को गोल्डेन बुट विजेता केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर किलियन एमबाप्पे प्रशिक्षणमा फर्किएका हुन् ।
एमबाप्पे कतार विश्वकप २०२२ को फाइनलमा पराजित भएको तीन दिनमै क्लब प्रशिक्षणमा फर्किएका हुन् । लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो ।
फाइनलमा ह्याट्रिक गरेका एमबाप्पेले प्रतियोगिता कूल आठ गोल गर्दै ‘गोल्डेन बुट’ जितेका थिए । पिएसजीले अन्तर्राष्ट्रिय विश्रामपछिको पहिलो लिग खेलमा आगामी बुधबार स्ट्रार्सबर्गको सामना गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०७ पुस २०७९, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एम्बाप्पे र बेलिङ्घमको गोलमा रियल विजयी
एम्बाप्पेको डेब्यू गोल, रियललाई कीर्तिमानी उपाधि
रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता
रियल म्याड्रिडमा भित्रिए एम्बाप्पे
एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता
एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको गोलवर्षा