काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् । जसमा ६९६ पुरूष र ३९ जना महिला छन् ।
सन् २०२१र०२२ मा सबैभन्दा बढी ३४७ जना पुरूष र २४ जना महिला गरी ३७१ जना यूएईको जेलमा रहेका छन् । त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरूष र १ जना महिला गरेर १२८ जना छन् । मलेसियाको जेलमा ९६ जना पुरूष र २ जना महिला गरी ९८ जना रहेका छन् ।
आर्थिक वर्ष २०२०र०२१ मा १७० जना पुरूष मलेसियाको जेलमा रहेका थिए । भने १३४ जना पुरूष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा थिए । उक्त तथ्यांकलाई हेर्दा २०२०र०२१ को तुलनामा २०२१र०२२ मा यूएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उज्वेकिस्तानमा भारतीय व्यापारीलाई २० वर्षको जेल सजाय