काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् । आइतबार उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा पोखरेलले सत्ता गठबन्धन सरकार गठन नजिक भए पनि अबको प्रधानमन्त्री को भन्न सक्ने अवस्थामा नरहेको बताए ।
कार्यक्रममा बोल्दै उनले “जनताले हामीलाई सरकार गठनको जनादेश दिएका छैनन् । सत्तारूढ गठबन्धनले सरकार गठनको म्यान्डेट त प्राप्त गरेको छैन, यद्यपि सरकारको गठननजिक छ । तर, स्वार्थको सौदाबाजीमा अल्मलिरहेको छ,” उनले भने, “गठन्धनको प्रधानमन्त्री को भन्न सक्दैनन् ।गठबन्धनको नीति, उद्देश्य के हो भन्न सकिरहेका छैनन् ।”“एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, उनले भने, “अहिलेको जनादेश हाम्रो पक्षमा नरहेकाले पाँच वर्ष प्रतिपक्षमा बस्न तयार छौँ ।”
अहिले पाँच दलीय गठबन्धन सरकार गठनको तयारीमा भएको तर त्यसभित्र पनि कुनै पनि दललाई बहुमत प्राप्त नभएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ पुस २०७९, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्छ: महासचिव पोखरेल
मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भयो: महासचिव पोखरेल
राजनीतिक अस्थिरता चुनौती बनेको छ तर, सधैँ यस्तै रहन्छ भन्ने होइन : पोखरेल
मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ: महासचिव पोखरेल
सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेका छन् : शङ्कर पोखरेल