काठमाडौं । विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्रान्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम उद्घाटन गरेको छ ।
यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स , विग डाटा, कोडिङ एण्ड प्रोगामिङ, इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरुमा तालिम दिइनेछ । जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउने कम्पनीको विश्वास छ ।
सामसङ इनोभेसन क्याम्पसको उद्घाटन नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्ट एसियाका नेपाल कार्यालय हेड सुङ जुन पार्क, राजदूत पार्क चोङ सुकले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा प्राध्यापक तथा डीन डा शशिधर राज जोशी, रेक्टर त्रिभुवन विश्वविद्यालयका डा शिवलाल भुसालको सहभागिता रहेको थियो ।
यसले भविष्यको प्राविधिक सीपहरुमा युवाहरुलाई तालिम दिएर नेपालप्रति प्रतिवद्ध बनाउने कम्पनीको विश्वास रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामसङको ‘भव्य दसैँ–तिहार, घरभरी उपहार’ अफर सार्वजनिक
फुटबलको सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर, ३८ प्रतिशतसम्म छुट
सामसङको ग्यालेक्सी एस २४ सिरिज नेपालमा अनावरण