बेदकोट । चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो ।
एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । ‘पछिल्लो केही महिनायता डेङ्गु सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्’, उनले भने । चिसोमा डेङ्गु सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास कम हुने हुनाले सङ्क्रमण कम हुँदै गएको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले बताए ।
स्वास्थ्य कार्यालयले समुदायस्तरमा लामखुट्टेको खोजी र नष्ट अभियान चलाएकाले पनि सङ्क्रमणमा कमी आएको उनले सुनाए । महाकाली अस्पतालमा पछिल्लो समय डेङ्गुका बिरामी फाट्टफुट्ट आउने गरेका छन् । उनले भने, ‘दम, सुगर, प्रेसर, ज्वरोका बिरामी अस्पतालमा आइरहेका छन् ।’
महाकाली अस्पतालमा अहिलेसम्म दुई सय ५० जना डेङ्गुका बिरामी फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्दै डेङ्गु सङ्क्रमण
७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण
चालु आर्थिक वर्षको फागुनसम्म डेङ्गुबाट ३३ जनाको मृत्यु