काठमाडौं । समानुपातिक सांसदको नाम तय गर्न बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे अध्यक्ष केपी ओलीकाे निवास बालकाेटमा बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ मंसिर २०७९, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेशसभा बैठक स्थगित
राष्ट्रियसभाको बैठक स्थगित