‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्ताव स्वीकृत

सफल खबर संवाददाता

विहीबार, १४ असार २०७५, १७ : ४५
‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्ताव  स्वीकृत

काठमाडौँ । ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रतिनिधिसभा बैठकमा बहुमतले स्वीकृत भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीयमन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअअघि उक्त प्रस्तावको सामान्य छलफलमा भाग लिंदै सांसद पे्रम सुवालले राष्ट्रियसभाको निर्वाचन पनि प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुने प्रावधान राख्नुपर्ने सुझाव दिनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक शुक्रबार ११ बजे बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस