जरुरी सार्वजानिक महत्वको प्रस्ताव संघीयता विरोधी : नेपाली कांग्रेस

सफल खबर संवाददाता

विहीबार, १४ असार २०७५, १७ : ३४
जरुरी सार्वजानिक महत्वको प्रस्ताव संघीयता विरोधी : नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संघीयता विरोधी भएको भन्दै फिर्ता लिन सत्तापक्षको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको विहीबार बसेको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले पेश गर्नुभएको जरुरी सार्वजानिक महत्वको प्रस्ताव संविधान र संघियता विरोधी भएको भन्दै कांग्रेसले फिर्ता लिन आग्रह गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खा“डले प्रदेश र स्थानीय सरकारलाई बलियो पार्ने भन्दा पनि केन्द्रीय सरकारलाई झनै बलियो र केन्द्रीकृत गर्ने काममा सरकार लागेको आरोप लगाउनुभयो । सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम अधुरो रहेका कारण जनताका इच्छा आवश्यकता पुरा गर्न नसक्ने उहा“ले दावी गर्नुभयो । उहा“ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले संघीयतालाई संस्थागत गर्न नसकेको, जनताले चाहेजस्तो जनताको घर आ“गनमा सिंहदरबारको प्रत्याभुति दिन नसकेको टिप्पणी गर्नुभयो ।

सांसद गगन थापाले विनियोजित बजेट स्थानीय निकाय र संघीयता विरोधी रहेको भन्दै फेल गराउन आग्रह गर्नुभएको छ । उहा“ले प्रधानमन्त्री केपी शर्मा ओली चित्रबहादुर केसीभन्दा पनि बढी संघीयता विरोधी रहेको आरोप लगाउनुभयो ।

सांसद मिन विश्वकर्माले संघीय स्वरुपमा सरकारले बजेट ल्याउन नसक्ने र संविधानलाई नै चुनौती दिने गरी अभिव्यक्ति आउनु गलत भएको टिप्पणी गर्नुभयो ।
सांसदहरु दिलेन्द्र प्रसाद बढु, हितमान शाक्य, अतहर कमाल मुसलमान लगायत सांसदहरुले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संघीयता विरोधी भएको भन्दै सत्तापक्ष दलको कडा आलोचना गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस