मुलुकको समृद्धिका लागि सरकारलाई बाबुराम भट्टराईको यस्तो सुझाव

सफल खबर संवाददाता

विहीबार, १४ असार २०७५, १७ : २१
मुलुकको समृद्धिका लागि सरकारलाई बाबुराम भट्टराईको यस्तो सुझाव

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको समृद्धिका लागि सबै समुदायलाई परिचालन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहनुभएका भट्टराईले सबै समुदायको संयुक्त पहलमा मात्रै मुलुकलाई शान्त र समृद्धि बनाउन सकिने बताउनु भएको हो । बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले समृद्धिका लागि उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।
पूर्व प्रधानमन्त्री भट्टराईले नेपाल आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै त्यसका लागि उत्पादन वृद्धि र सेवा क्षेत्रहरुको विस्तारमा लाग्नुपर्ने खाँचो औल्याउनु भयो । पूर्व प्रधानमन्त्री भट्टराईले नेपालले पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विकास र कृषिमा आधुनिकीकरण गरेर समृद्धि हासिल गर्न सक्ने तर्क गर्नु भयो । विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्त भएको पूर्व प्रधानमन्त्री भट्टराईको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस