सरकारले तोकिदियो विरोध प्रदर्शन गर्ने ठाउँ

सफल खबर संवाददाता

विहीबार, १४ असार २०७५, १७ : ०२
सरकारले तोकिदियो विरोध प्रदर्शन गर्ने ठाउँ

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सरकारले नागरिकको अधिकारलाई सुरक्षित गर्न काठमाडौंलगायत देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न रोक लगाउनु परेको स्पष्ट पार्नु भएको छ ।
गृहमन्त्री थापाले विभिन्न स्थानमा रहेका सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न पनि सरकारले काठमाडौंको विभिन्न स्थानमा विरोध प्रर्दशन गर्न रोक लगाइएको स्पष्टिकरण दिनु भयो । काठमाडांैमा विरोध प्रदर्शनका लागि निषेधित गरेको स्थानलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका भातृ संगठनहरुले सरकारको चर्को आलोचना गरिरहेका बेला उहा“ले नागरिकको जीउ, धनको सुरक्षाका लागि उक्त निर्णय गर्नु परेको तर्क गर्नुभएको हो ।
गृहमन्त्री थापाले सवारी आवागमनका कारण हुने दुर्घटनाबाट बचाउन काठमाडौंको माइतीघर मण्डलालाई विरोध प्रदर्शन गर्न निषेध गरिएको पनि स्पष्ट पार्नुभयो । बिहिबार गृह मन्त्रालयमा संचारकर्मीमाझ उहा“ले सरकारले नागरिकको अधिकार हनन् हुन नदिने गरी विरोध प्रर्दशनका लागि स्थान तोकिदिएको पनि स्मरण गराउनु भयो । गृहमन्त्री थापाले कुनै स्थानमै विरोध प्रदर्शन गर्न पाउनुपर्ने हठवादी सोच नराख्न पनि सम्बन्धित पक्षलाई सचेत गराउनु भयो । मन्त्रालयका अनुसार अब काठमाडौंमा ७, ललितपुरमा ६ र भक्तपुरमा एउटा ठाउ“मा मात्र विरोध प्रदर्शन गर्न पाउनेछन् ।

जसअनुसार काठमाडौंको खुलामञ्च, तीनकुने, भुइ“खेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफलचौर र लैनचौरस्थित समाज कल्याण परिषदको खुला क्षेत्र विरोध प्रदर्शनका लागि तोकिएको छ । त्यस्तै ललितपुरका च्यासल खेल मैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैंसेपाटी छ्यासीकोटको खुला ठाउ“, बज्रबाराहीको खुला ठाउ“ र लुभु लामाटार  तथा  भक्तपुरको सल्लाघारी खुला मैदानलाई विरोध प्रदर्शनका लागि तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस